IME Life New

महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

Crest

इच्छुक संस्थापक शेयरधनीले तोकिएको मितिमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालय वा काठमाडौंको ठमेलस्थित संस्थाको शेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS