IME Life New

व्यापार घाटा सवा ९ खर्ब माथि, आयात–निर्यातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको व्यापार घाटा सवा ९ खर्ब रुपैयाँ माथि रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले देखाएको हो।

विभागका अनुसार यो ८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा २.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २.७८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो।

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा घटेको हो।

तथ्यांकअनुसार पछिल्लो ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँबराबर निर्यात भएको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.९९ प्रतिशत कम हो। अघिल्लो वर्ष फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको थियो।

यसैगरी फागुनसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ। यो पनि अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २.६६ प्रतिशत कम हो। अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको थियो।

नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS