IME Life New

लहैलहै वा बहकाउमा नलागी स्थापित संस्थागत संरचनामार्फत समस्या समाधानको पहल गरौँः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लहैलहै वा बहकाउमा नलागी स्थापित संस्थागत संरचनामार्फत समस्या समाधानको पहल गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले आज लघुवित्त वित्तीय संस्थासम्बन्धी कर्जाको पुनर्तालिकीकरण र/वा पुनर्संचना गर्न सकिने व्यवस्थाबारे पुनः अवगत गराउन एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणको आवश्यकता र औचित्यका आधारमा एकपटका लागि कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी २०८१ वैशाख मसान्तभित्र पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सकिने व्यवस्था रहेको राष्ट्रले अवगत गराएको छ।

Esewa
Crest

यसका लागि २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत भुक्तानी गरी २०८० चैत मसान्तसम्म निवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ। यो व्यवस्था कार्यान्वयनमा कुनै द्विविधा भएमा वा सम्बन्धित संस्थाको कामकारबाहीउपर कुनै गुनासो भए राष्ट्र बैंकमा गुनासो गर्दा गर्न सकिने व्यवस्था पनि गरिएको छ।

लघुवित्तसम्बन्धी गुनासो टिपाउनका लागि टोलफ्री नंं. १८१०५००००२२, हटलाइन ०१–५७१९६२९ र ई–मेल [email protected] मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS