IME Life New

वित्त कम्पनीः ११ वटा नाफामा जाँदा ६ वटा घाटामा, सर्वाधिक कमाउनेमा गोर्खाज फाइनान्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना माघसम्म फाइनान्स कम्पनीहरुले ४६ करोड रुपैयाँ माथि नाफा आर्जन गर्न सफल भएका छन्। हाल सञ्चालनमा रहेका १७ वटामध्ये ११ वटा फाइनान्स कम्पनीले ४६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट देखिएको हो। बाँकी ६ वटा फाइनान्स भने घाटामा रहेका छन्।

फाइनान्स कम्पनीमा नाफा आर्जनको हिसाबले शीर्ष गोर्खाज फाइनान्स रहेको छ। माघसम्म यो कम्पनीले १२ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो स्थानमा मञ्जुश्री फाइनान्स रहेको छ। यो ७ महिनामा मञ्जुश्रीले ११ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। आईसीएफसी फाइनान्स ७ करोड १३ लाख रुपैयाँ नाफाबाट साथ तेस्रो स्थानमा रहेको छ।

यसैगरी पोखरा फाइनान्सले २ करोड ८३ लाख रुपैयाँ, गुडविल फाइनान्सले २ करोड ६३ लाख रुपैयाँ र श्रीइन्भेस्टमेन्टले २ करोड ४५ लाख रुपैयाँ, एनएसएमले २ करोड रुपैयाँ, सी मर्चेन्टले १ करोड ७३ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सले १ करोड ५२ लाख रुपैयाँ, बेष्ट फाइनान्सले ८० लाख ३० हजार रुपैयाँ र जानकी फायनान्सले ७४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।

यो ७ महिनामा सबैभन्दा बढी घाटा प्रोग्रेसिभ फाइनान्सले व्यहोरेको छ। यो कम्पनीलाई १३ करोड ५७ लाख रुपैयाँ नोक्सानी भएको छ।

त्यस्तै गुहेश्वरी मर्चेन्ट एन्ड बैंकिङले ६ करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्सले ४ करोड ६३ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले ४ करोड १० लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले ३ करोड ११ लाख रुपैयाँ र नेपाल फाइनान्सले ८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS