काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। जसमा २८ दिने ५ अर्ब रुपैयाँको, १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको र ३६४ दिने ९ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८१ वैशाख ४ गते, २०८१ जेठ असोज १ गते र २०८१ चैत ४ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल चैत ६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि भोलि चैत ५ गते दिउँसो ३ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।