IME Life New

हकप्रद शेयर निष्काशनको तयारीमा रहेको नेको इन्स्योरेन्सले पायो एप्लस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) बाट आइआरएन एप्लस (IRN A+)  रेटिङ पाएको छ। हकप्रद शेयरमार्फत् चुक्ता पूँजी वृद्धिको तयारीमा रहेको नेको इन्स्योरेन्सलाई शेयर जारीकर्ता कम्पनीको रुपमा इन्फोमेरिक्स नेपालले यस्तो रेटिङ प्रदान गरेको हो ।

वित्तीय दायीत्वको समयमै पुरा गर्ने सम्बन्धमा यो रेटिङले पर्याप्त मात्रामा सुरक्षा भएको अवस्थालाई जनाउँछ । पुरानो इतिहास, बलियो शाखा सञ्जाल, लगातार व्यापार वृद्धि, स्थिर नाफा र बलियो तरलता स्थितिले यो कम्पनीको रेटिङमा सकारात्मक बल पुगेको छ। यसबाहेक इन्स्योरेन्समा सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंक(१५ प्रतिशत) र महतो समूह (१७‍.९प्रतिशत) संस्थागत शेयर लगानीले पनि रेटिङ मूल्याङ्कनलाई समर्थन गरेको छ।

Esewa
Crest

नेको इन्स्योरेन्सले महाविपत्ती कोषको व्यवस्थासँगै पर्याप्त पुनर्बीमा व्यवस्थामार्फत् जोखिमको व्यवस्थापन गरेको उल्लेख गर्दै इन्फोमेरिक्सले मोटर बीमामा अधिक निर्भरताले चुनौती निम्त्याउन सक्ने प्रति इंगित गरेको छ। गत आर्थिक वर्ष २०७९।८० को खुद बीमाशुल्क आर्जनमा ४९ प्रतिशत हिस्सा मोटर बीमालेख ओगटेको थियो । यो समग्र निर्जीवन बीमा उद्योगले मोटर बीमाबाट प्राप्त गर्ने खुद बीमाशुल्क आम्दानीको योगदानको तुलनामा अधिक हो ।

नेको इन्स्योरेन्सले भविष्यमा अण्डरराइटिङमा गर्ने अभ्यास, बीमा कम्पनीहरूबीचको तीब्र प्रतिस्पर्धा र नियामकीय प्रावधानको परिवर्तनबाट कम्पनीको व्यवसायमा दबाब पार्न सक्नेछ।

नेको इस्योरेन्सको चुक्ता पूँजी हाल जम्मा २ अर्ब १ करोड रुपैयाँ रहेको छ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी पुरा गर्न थप ४९ करोड रुपैयाँ आवश्यक पर्नेछ । हकप्रद शेयरमार्फत् अपुग पूँजी जुटाउनका लागि कम्पनीले २४.३७ प्रतिशत हकप्रद शेयर जारी गर्नुपर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्मा २२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५‍.२० प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ३६ करोड ३४ लाख ९२ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४७ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ६१ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले २ करोड ५७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ३० रुपैयाँ १ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS