IME Life New

सञ्चयकर्ताले सञ्चयकोषबाट सहयोग स्वरुप ६ महिनामै पाए २५ करोड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो छ महिनामा सामाजिक सुरक्षा अन्तर्गत सञ्चयकर्ता र आश्रित परिवारलाई २५ करोड रुपैयाँ वितरण गरेको छ। कोषले प्रकाशन गरेको त्रैमासिक पत्रिका अनुसार कोषले यो अवधिमा २५ करोड ३३ लाख रुपैयाँ सामाजिक सुरक्षावापत सञ्चयकर्तालाई वितरण गरिएको हो ।

कोषले साधारण रोगको उपचारवापत २ हजार २१२ सञ्चयकर्तालाई ८ करोड १२ लाख रुपैयाँ बराबरको  घातक रोगको उपचारका लागि ४७० सञ्चयकर्तालाई ७ करोड ४३ लाख रुपैयाँ सुत्केरी तथा शिशु स्याहार अन्तर्गत ९ हजार ६९१ जनालाई ७ करोड २६ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। कोषका अनुसार काजकिरिया अनुदानवापत ३४६ जना सञ्चयकर्ताको परिवारजनलाई कूल १ करोड १२ लाख रुपैयाँ वितरण गरिएको छ। यसबाहेक दुर्घटनामा परी ज्यान गुमाएको ५६ जना सञ्चयकर्ताको आश्रित परिवारलाई १ करोड १२ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

Esewa
Crest

कोषले घातक रोग उपचारका लागि एकजना सञ्चयकर्तालाई सेवा अवधिभर बढीमा १० लाख रुपैयाँ उपलब्ध गराउँछ। साधारण रोगको उपचारका हकमा भने वर्षको १ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराई रहेको छ। उपचार खर्च सुविधा सञ्चयकर्ता दम्पत्तीको हकमा नै लागू हुन्छ।

सुत्केरी स्याहार खर्चवापत कोषले सञ्चयकर्तालाई एक पटकमा ७ हजार ५ सय रुपैयाँका दरले बढीमा दुई सन्तानको जन्ममा यस्तो सुविधा रकम उपलब्ध गराउँछ। यसैगरी सञ्चयकर्ताको निधन भएको अवस्थामा कोषले काजकिरिया अनुदान वापत ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यो सुविधाका लागि सञ्चयकर्ताको निधन भएको ६ वर्षभित्र यस्तो सुविधावापतको रकम दाबी गरिसक्नुपर्ने प्रावधान भएकोमा अब १ वर्षभित्रै दाबी गर्नुपर्ने प्रावधान लागू गरेको छ। दुर्घटनामा परी ज्यान गुमाएका सञ्चयकर्ताको परिवारले प्रति परिवार २ लाख रुपैयाँका दरले क्षतिपूर्ती प्राप्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS