IME Life New

बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना छुटे हाजिर जमानीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना बिहीबार छुटेका छन्। उनीहरु हाजिर जमानीमा छुटेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार अनुसन्धान र बयानको काम लगभग सकिएकोले पक्राउ परेका बैंकरहरुलाई कागज गरेर नेपाल बैंकर्स एसोसिएसन रोहबरमा प्रभु बैंकका पदाधिकारी र परिवार सदस्यलाई जिम्मा लगाइएको छ। अब उनीहरु हरेक दिन सीआईबीमा उपस्थित हुनुपर्नेछ।

Esewa
Crest

हाजिरी जमानीमा छुट्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, सविन घिमिरे, दिलीप बराल, रमन श्रेष्ठ, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत र दिपेश प्रधान छन्। उनीहरुलाई गत फागुन १५ गते सीआईबीले पक्राउ गरेको थियो। त्यसपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान सुरु गरिएको थियो।

सेञ्चुरी बैंकमा न्यौपाने सीईओ हुनुअघि गौतम सीईओ थिए। देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारीको मिलेमतोमा न्यौपाने र गौतमलगायतले कमिसन लिएर कमसल धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई ठूलो आर्थिक क्षति पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको थियो। हाल सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने डेपुटी सीईओका रुपमा कार्यरत थिए।

अनुसन्धानका क्रममा कमसल धितोमा करिब १ बढी कर्जा प्रवाह भएको पाइएको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार २ अर्ब ११ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS