IME Life New

इसेवाले सुरु गर्यो अन्तरदेशीय क्यूआर भुक्तानी सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सुरु भएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ।

फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवाले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ। नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो। अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम(यूपीआई र फोनपेको प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।

Esewa
Crest

नेपालभरी ४ लाख ५० हजार भन्दा बढी इसेवाका क्यूआर मर्चेन्टहरू रहेका छन्। अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानकारी गराएको छ। हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भएतापनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा इसेवालाई सम्पर्क गर्नलाई अनुरोध गरिएको छ।

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगीने क्रममा कमी आउने पनि विश्वास गरिएको छ। इसेवाले भने आफ्ना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहक सन्तुष्टी बढ्ने धारणा राखेको छ।

यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास गरिएको छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि इसेवाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS