IME Life New

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह, ‘शेयर बजारमा चाहिँ अत्याधिक लगानी भयो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गरेका छन्। नवलपरासी औद्योगिक व्यापार मेला तथा कृषि, पर्यटन व्यापार एवं सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन। विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट र रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस्।’

उद्घाटन कार्यक्रममा मन्त्री महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताए। उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे। ‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ। पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’, उनले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ। उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ। राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ। बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ।’

Esewa
Crest

मन्त्री महतले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पारे। उनले भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ। यसले उपभोक्तालाई राहत दिन्छ।’

‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ। सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ’, महतले भने, ‘यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौं, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ। नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔँ।’

‘तमाम कारणले गर्दा अर्थतन्त्रमा समस्या थियो, हामी सुधारको बाटोमा छौँ। ब्याजदर छिट्टै एकलविन्दुमा झर्छ’, मन्त्री महतले भने, ‘अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र शेयर बजारमा चाहिँ अत्याधिक लगानी भयो। समस्या आएपछि नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटायो, ब्याज बढायो।’

‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन्। मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन्’, उनले भने, ‘साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिँडेका छन्। स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन। ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन। ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ। त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्नेक्रममा छ।’

‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ। ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो। ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन। ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’, मन्त्री महतले भने, ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ। हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन्। यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन। तर विस्तारै यसमा सुधार आउँछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS