IME Life New

‘सामसङ ग्यालेक्सी रिङ’बाट उठ्यो पर्दा, सिंगल चार्जमा ९ दिन चल्छ, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ ग्यालेक्सी रिङ एमडब्ल्यूसी–२०२४ मा अनावरण गरिएको छ। यसका साथै यस औँठीका केही विशेषता पनि खुलासा भएका छन्।

ग्यालेक्सी रिङले प्रयोगकर्ताको मुटुको गति ट्रयाक गर्न सक्नेछ। साथै, यसले श्वासप्रश्वासको रेटका बारेमा पनि जानकारी दिन्छ। यो औँठीको मद्दतले प्रयोगकर्ताले आफ्नो निद्राको निगरानी गर्न सक्छन्। अर्थात् उनीहरुले राम्रोसँग निन्द्रा पूरा गरे कि भएन भनेर हेर्न सक्छन्। मडब्ल्यूसी–२०४ को सुरुआतसँग सामसङले आफ्नो बहुआयमिक औँठी प्रस्तुत गरेको हो। यो औँठीको नाम सामसङ ग्यालेक्सी रिङ हो। यद्यपि, कम्पनीले पूर्ण विवरण र मूल्य निर्धारण गरेको छैन। केही स्पेसिफिकेसन भने जानकारीमा आएको छ।

Esewa
Crest

सामसुङको यो औँठीले प्रयोगकर्तालाई भाइटालिटी स्कोर दिनेछ। जसका लागि यसले फिजिकल र मेन्टर रेडिनेस हेर्नेछ र प्रोडक्टिभिटी जाँच गर्नेछ। प्रयोगकर्ताले सामसङ हेल्थ एपमार्फत यो डाटा हेर्न सक्नेछन्। जीएसएमएरिनाको रिपोर्टका अनुसार सामसङको यो स्मार्ट रिङ यसै वर्षको दोस्रो त्रैमासमा लन्च हुन सक्छ। तर, कम्पनीले आधिकारिक टाइमलाइन वा लन्चिङ मिति भने उल्लेख गरेको छैन।

दक्षिण कोरियाली पब्लिकेसन एफएनन्युजले यो औँको ब्याट्रीबारे केही विवरण प्रकाशित गरेको छ। ग्यालेक्सी रिङले ५–९ दिनको ब्याट्री जीवन पाउनेछ। यो औँठी यूएस साइज ५–१३ मा आउनेछ। ठूला ब्याट्री सेल ठूला साइजमा प्रयोग गरिएका छन्। यस्तो सानो साइजको रिङमा ब्याट्री ब्याकअप कम हुनेछ।

एमडब्ल्यूसी–२०४ एउटा टेक इभेन्ट हो। यस अवधिमा संसारभरका धेरै ब्रान्ड आएर आफ्ना उत्पादन प्रस्तुत गर्छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS