IME Life New

ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, असली र नक्कलीको गर्नेछ खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरका कम्पनीहरु एआईमा केन्द्रित छन्। गुगल, माइक्रोसफ्ट, ओपनएआईलगायत धेरै कम्पनीले आफ्नै एआई र एमएल मोडलहरु तयार गरिरहेका छन्। जसले डिजिटल स्पेसमा क्रान्ति ल्याउन सक्छ। यस गुणस्तरसँगै एआईका केही नकारात्मक पक्षहरु छन्। जसलाई बेवास्ता गर्न सकिँदैन। जसका कारण धेरै गलत सूचना पनि फैलिन सक्छ।

मेटाले भर्खरै गलत समाचारहरुविरुद्ध लड्न मिसइन्फर्मेसन कम्ब्याट एलाइन्स (एमसीए)सँग साझेदारी गरेको छ। यसका लागि एमसीएले ह्वाट्सएपमा एउटा डेडिकेटेड फ्याक्ट चेकिङ हेल्पलाइन सुरु गर्नेछ। यसले डिपफेक र एआई जेनेरेटेड गलत सूचनालाई रोक्न मद्दत गर्न सक्छ।

Esewa
Crest

एमसीएले ह्वाट्सएपमा यो नयाँ हेल्पलाइन आगामी महिना प्रयोगकर्ताका लागि सुरु गरिने जनाएको छ । यो लन्चिङ सम्भवतः मार्चमा हुनेछ। यसले एआई जेनेरेटेड मिडियाबाट गलत सूचनालाई रोक्न मद्दत गर्नेछ। यसले धेरै मानिसको छविलाई धूमिल हुनबाट बचाउन सक्छ। धेरैपटक साइबर अपराधीहरुले केही सेलिब्रेटीहरुको फोटो प्रयोग गर्छन् र तिनीहरुको नक्कली भिडियो बनाउँछन्। यसलाई डिपफेक भनिन्छ।

ह्वाट्सएप च्याटबट बहुभाषा समर्थनको साथ आउनेछ। अंग्रेजीबाहेक अन्य तीन क्षेत्रीय भाषालाई पनि सपोर्ट गरिनेछ । प्रयोगकर्ताले यसमा एआई डिपफेक रिपोर्ट गर्न गर्नेछन्। एमसीएका अनुसार प्रयोगकर्ताले हेल्पलाइनमा मेसेज पठाउनुपर्नेछ। त्यसपछि सिस्टमले आफ्नो काम र तथ्य जाँच गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS