IME Life New

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्रतिनिधिसभामा आज अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि थप १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने बताए। सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको महतले बताए। ‘हाल राजस्व संकलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको छ र आगामी दिनमा थप बढ्नेछ’, उनले भने।

Esewa
Crest

मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गरेको भए पनि चुनौती अझै कायम रहेको महतले बताए। ‘अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भइसकेको छैन’, उनले भने, ‘वित्तीय क्षेत्रमा सहकारी तथा लघुवित्तहरुमा समस्या देखिएका छन्।’

आगामी बजेटमा उत्पादन वृद्धि, रोजगारको सिर्जना गर्ने गरी अर्थतन्त्रलाई दिशानिर्देशन गर्नुपर्ने जरुरी रहेको महतले बताए।

prebudget

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS