IME Life New

आइजीआई प्रुडेन्सियलको सहकार्यमा आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ सुरक्षित भव’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ सुरक्षित भव नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ । आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने जनाएको छ ।

उक्त सूविधा ३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने छ । यस सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटिएको जनाएको छ ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS