IME Life New

कम्पनी घाटामा, ईपीएस पनि ऋणात्मक, शेयरभाउ भने ७ महिनामै २०००%ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीको शेयरभाउ नै उचाल्ने कुरा नौलो होइन। बजार नियामकहरु मुकदर्शक बस्दा बजारका खेलाडीले कमजोर र कित्ता थोरै भएका कम्पनीको शेयरभाउ खुलेआम उचाल्ने गरेका छन्। यसले एकातिर टाठाबाठा लगानीकर्ताहरु मालामाल भइरहेका छन् भने अर्कोतिर सोझासाझा लगानीकर्ताहरु जोखिममा पर्ने गरेका छन्।

पछिल्लो उदाहरणका रुपमा समाज लघुवित्त वित्तीय संस्थालाई लिन सकिन्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)म आइपीओ सूचीकरण भएको करिब ३ वर्षपछि मात्रै दोस्रो बजारमा कारोबार आएको यो लघुवित्तको शेयरभाउ हरेक दिन बढेको छ।

Esewa
Crest

नेप्सेमा सूचीकरण भएसँगै अर्को लघुवित्तसँग मर्जर सम्झौता गरेपछि समाज लघुवित्तको शेयर कारोबार खुल्न सकेको थिएन। तर, उक्त लघुवित्तसँग डिमर्ज भएपछि राष्ट्र बैंककै सहमतिमा समाज लघुवित्तको शेयर गत असार १ गतेबाट कारोबारमा आएको थियो। पहिलो कारोबारका लागि प्रतिकित्ता ६४.८० रुपैयाँ पाएको समाज लघुवित्तको शेयर कारोबार खुलेकै दिन ७२.१० रुपैयाँ पुगेको थियो। बिहीबार यो लघुवित्तको शेयरभाउ १० प्रतिशतको माथिल्लो सर्किटका साथ २१७६.३० रुपैयाँ पुगेको छ। यो सात महिनाको अवधिमा प्रतिकित्ता १०० रुपैयाँकै दरले हिसाब गर्ने हो भने पनि लगानीकर्ताले यो लघुवित्तबाट २००० प्रतिशतभन्दा बढी रिटर्न पाइसकेका छन्।

कारोबारमा आएदेखि यो लघुवित्तको शेयरमा बिक्रीभन्दा खरिद चाप बढी देखिँदै आएको छ। त्यही कारणले पनि समाज लघुवित्तको शेयरभाउमा उछाल आएको देखिन्छ। यो लघुवित्तमा संस्थापक समूहको १ लाख ३० हजार २४५ कित्ता (५७ प्रतिशत) र सर्वसाधारणको ९८ हजार २५५ कित्ता (४३ प्रतिशत) शेयर स्वामित्व रहेको छ। ‘थोरै शेयर भएकै कारण पनि खेलाडीहरुले अहिले शेयर कर्नरिङ गरिरहेका हुन सक्छन्, त्यही भएर शेयरभाउ पनि बढेको छ’, एक बजार जानकारले भने, ‘अब उनीहरुको तय गरेको टार्गेटमा शेयरभाउ पुगेपछि बेच्न थाल्छन्, अनि साझा लगानीकर्ताहरु फस्ने सम्भावना हुन्छ।’

समाज लघुवित्तको वित्तीय स्वास्थ्य भने त्यति राम्रो देखिँदैन। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोरेको छ। यो लघुवित्तको ईपीएस पनि ७.३१ रुपैयाँले ऋणात्मक रहेको छ। चुक्तापुँजी २ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २ करोड २४ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म समाज लघुवित्तको खराब कर्जा बढेर ४.०१ प्रतिशत पुगेको छ। खराब कर्जा मेन्टेन गर्न १ करोड ७१ लाख रुपैयाँ प्रोभिजनिङस्वरुप छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS