IME Life New

हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीलाई नारायणी डेभलपमेन्ट बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बैंकको गत वर्ष असार ८ गते सम्पन्न विशेष साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको थियो। नेपाल धितोपत्र बोर्डले गत पुस १९ गते बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइसकेको छ।

Esewa
Crest

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम बैंकले आफ्नो हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीहरुलाई गत पुस २२ गते नै पत्राचार गरेको थियो। तर, हालसम्म पनि रकम जम्मा नगरेका आधारभूत शेयरधनीहरुलाई फागुन १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँका दरले आफूले हकप्रद शेयरबराबरको रकम बैंकको प्रभु बैंकमा रहेको बैंक खातामा जम्मा गर्न सूचनामा आग्रह गरिएको छ।

नारायणी डेभलपमेन्ट बैंकको प्रभु बैंकको रत्ननगर टाँडी शाखामा रहेको बैंक खाता ०२१००२०८६४२०००११ मा रकम जम्मा गर्न सकिने सूचनामा जानकारी गराइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS