IME Life New

समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभांवित हुन सक्ने सेवा सुविधाहरु तथा वित्तीय परामर्शको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो ।

उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराईएको सुविधाहरुको पूर्ण सदुपयोग गर्ने सम्बन्धि अन्तरक्रिया गर्दै व्यवसायीहरुसँग अझ प्रगाड सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरुलाई मुख्य विषय बनाएको थियो । ३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको छ ।

Esewa
Crest

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS