IME Life New

मुलुकको व्यापार घाटा ८ खर्ब माथि, आयात–निर्यात दुवै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा मुलुकले ८ खर्ब रुपैयाँ बढी घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा मुलुकलाई ८ खर्ब ११ अर्ब रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा भएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने व्यापार घाटामा १.७७ प्रतिशतको कमी आएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ महिनामा मुलुकलाई ८ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको थियो। जुन चालु वर्षको यही अवधिसम्मको तुलनामा १३ अर्ब रुपैयाँभन्दा बढी हो।

Esewa
Crest

समीक्षा अवधिसम्म विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात भएको छ। जुन अघि आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा २.३१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो।

यो ७ महिनाको अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा ७.०७ प्रतिशतले कम हो। अघिल्लो यही अवधिसम्म नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँको निर्यात भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS