IME Life New

वाणिज्य बैंकमध्ये कतिले दिए लाभांश ? कतिले दिएनन् ? अर्को साल के गर्लान् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये आर्थिक वर्ष २०७९/८०का लागि १२ वटाले मात्रै लाभांश वितरण गरेका छन्। बाँकी ८ वटाले भने नदिने निर्णय गरेका छन्।

लाभांश घोषणा गरेका र नगरेका अधिकांश वाणिज्य बैंकको वार्षिक साधारणसभा पनि सम्पन्न भइसकेको छ। कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा हुन बाँकी रहेको छ।

Crest

उक्त आर्थिक वर्षका लागि सबैभन्दा बढी लाभांश एनआईसी एसिया बैंकको रहेको छ। यो बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

यसैगरी एभरेष्ट बैंकले कुल २०.५३ प्रतिशत लाभांश दिएको छ। जसमा १० प्रतिशत नगद लाभांश र करसहित १०.५३ प्रतिशत नगद लाभांश छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई करसहित १९ प्रतिशत नगद लाभांश दिएको छ।

उक्त आर्थिक वर्षका माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत (१३.३ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत नगद लाभांश), सानिमाले १४.७ प्रतिशत (९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद लाभांश), सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत (७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश), नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत (३.७५ प्रतिशत बोनस शेयर र ६.८ प्रतिशत नगद लाभांश), नबिल बैंकले ११ प्रतिशत नगद लाभांश, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत (७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश) र राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत नगद लााभंश दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन।

यसपालि प्राइम, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, एनएमबि, कृषि विकास, कुमारी, प्रभु र नेपाल बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका थिए।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्ने हो २० वटा वाणिज्य बैंकहरुको कुल नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ रहेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा भने ९.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यी बैंकहरुको कुल नाफा ३१ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ रहेको थियो। यो अवधिसम्म ४ वटा बैंकको मात्रै नाफा बढेको छ भने बाँकी १६ वटाको घटेको छ।

दोस्रो त्रैमासम्मको वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात (एनपीएल) ३.२८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने वाणिज्य बैंकहरुको औसत एनपीएल २.४२ प्रतिशत थियो। वाणिज्य बैंकहरुको खराब कर्जामा खासै सुधार हुन नसकेको देखिन्छ।

दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४४ खर्ब ६४ अर्ब रुपैयाँ रहेकोमा खराब कर्जा करिब १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ। बैंकहरुले खराब कर्जाको उठाउन नसकेको ब्याज २५ अर्ब ६ करोड रुपैयाँबराबर छ। खराब कर्जा बढेसँगै प्रोभिजनमा राख्नुपर्ने रकमसमेत करिब ७९ प्रतिशतले बढेको छ। बैंकहरुले १५ अर्ब २४ करोड रुपैयाँ प्रोभिजनमा राखेकोमा अहिले बढेर २७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

हालसम्मको अवस्थाका आधारमा १२ वाणिज्य बैंकहरु नाफा बाँड्न नसक्ने अवस्थामा छन्। यी बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS