IME Life New

लघुवित्त संस्थाहरुको साढे ३३% ले बढ्यो लगानी, केमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लगानी पछिल्लो ६ महिनामा साढे ३३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्मको तथ्यांकले यस्तो देखाएको छ।

प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको पुस मसान्तमा लघुवित्त कुल लगानी रु. १२ अर्ब ४७ करोड पुगेको छ। जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल लगानी ५३.७२ प्रतिशतले बढेको थियो।

Esewa
Crest

लघुवित्त वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा पुस मसान्तसम्म रु. १० अर्ब ४६ करोड राखेका छन्। जुन रकम गत असार मसान्तको तुलनामा ४३.५४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दति निक्षेपमा राखेको रकम ७०.८४ प्रतिशतले बढेको थियो।

लघुवित्त वित्तीय संस्थाहरुले समीक्षा अवधिमा मुद्दति निक्षेपमा गरेको लगानीमा वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरुको सरकारी सुरक्षणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ, शेयर तथा डिबेन्चरमा १० करोड १७ लाख रुपैयाँ र अन्यमा ७६ करोड ६२ लाख रुपैयाँ लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS