IME Life New

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, छैन लाभांशको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार (फागुन ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुनबमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसपालिको वार्षिक साधारणसभामा बैंकले लाभांशको प्रस्ताव भने लैजाने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS