IME Life New

व्यापार नभएपछि खुम्चिंदै एनआइसी एशिया, ३० काउण्टर बन्द,रू १४ अर्बले घट्यो निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाखा सञ्जालका हिसाबले ठूलोमध्येको वाणिज्य बैंक एनआइसी एशिया बैंकका शाखाहरु व्यापार नभएका कारण धमाधम बन्द गर्न थालिएका छन् । काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटिएमको रणनीति अनुसार सञ्जाल बिस्तार गरेको एनआइसी एशियाका लागि अहिले सञ्चालन गर्न धान्न अप्ठेरो परेको अवस्था छ।

बैंकले पाँच दिन अघि मात्र ४ वटा काउण्टरहरु बन्द गरेको छ। शाखा रहित बैंकिङ अवधारणा अन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गापा  ७ नम्बर वडा गोरखाको सिउरिनीटार झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिंदै आएको बैंकिङ सेवा बन्द गरेको हो ।

Esewa
Crest

यसैगरी गत जेठ महिनायता बैंकले ३० वटा शाखा रहित बैंकिङ काउण्टरहरु बन्द गरि सकेको छ।  जेठ १८ मा १६ वटा साउन ४ मा ४ वटा कात्तिक २४ मा ६ वटा र पछिल्लो समयमा माघ २९ गते थप ४ वटा काउण्टर बन्द गरेको हो । फागुन पहिलो सातामा आइपुग्दा यो बैंकसँग जम्मा ४७ वटा शाखा रहित बैंकिङ सेवा काउण्टर बाँकी छन् । बैंकले माघ २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तीमा ३६० शाखा र ११५ वटा बिस्तारित काउण्टर सञ्चालनमा रहेको उल्लेख छ।

आर्थिक गतिविधि बढी हुने काठमाडौं उपत्यकाभित्रका शाखाहरु तत्कालै बन्द नगरे पनि मर्ज गर्ने वा अन्यत्र सार्ने वा घरबहाल घटाउन लगाउने, कर्मचारी निष्काशन गर्ने रणनीति अपनाएको छ।

निक्षेप पनि खुम्चियोः

यसैबीच बैंकविरुद्ध आन्दोलन गर्नका लागि झापाका व्यापारी दुर्गा प्रसाईंले सर्वसाधारणलाई उक्साएको र बढ्दो महँगीका कारण सर्वसाधारणसँग दैनिक उपभोगका लागि समेत नियमित आम्दानीले अपुग हुन थालेपछि सर्वसाधारणले बैंकमा राखेको निक्षैप झिक्न थालेका छन् । हालै सार्वजनिक एक तथ्यांक अनुसार एनआइसी एशिया बैंकबाट एक महिनामै निक्षेपबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसी एशिया बैंकको भने निक्षेप उल्लेख्यरुपमा घटेको छ। नेपाल बैंकर्स संघले सार्वजनिक जानकारीमा ल्याएको तथ्यांक अनुसार एनआइसी एशियाको निक्षेप माघ महिनामा ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । गत पुसमा यसको कूल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

32%
sad

दु :खी

13%
amazed

अचम्मित

5%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS