काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो त्यस्तै यूनाइटेड अजोड इन्स्योरेन्स यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो । दुवै कम्पनीले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :
चुक्ता पूँजी : कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी २ अर्ब रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी १ अर्ब ९० करोड रहेको छ ।
महाविपत्तिकोष : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा ३ करोड २९ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा ३ करोड ६९ लाख रहेको छ ।
रिटेण्ड अर्निङ्ग : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा १३ करोड ७५ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा २१ करोड ९२ लाख रहेको छ ।
अन्य इक्विटी: सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा ५८ करोड ९१ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा ६८ करोड ५१ लाख रहेको छ ।
कुल बीमा शुल्क आर्जन : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८६ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
खुद बीमा शुल्क आर्जन : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २९ करोड ३४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४४ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
अभिकर्ता कमिशन : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १ करोड ३४ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३ करोड १२ लाख रहेको छ।
खुद नाफा : दोश्रो त्रैमाससम्म सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १० करोड ५५ लाख खुद मुनाफा गरेकोमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १३ करोड १८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
प्रति शेयर आम्दानी : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १०.५६ रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १३.८५ रुपैयाँ छ ।
प्रति शेयर नेट्वर्थ : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रति शेयर नेट्वर्थ १३७.९८ रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १९४.७४ रुपैयाँ छ ।
“उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ । “