IME Life New

महालक्ष्मी विकास बैंक नेप्सेको वर्गीकरणमा ‘ए’ समूहमा पर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले फागुन ३ गते जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणमा ‘ए’ समूहमा परेको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ समूहमा पर्ने ब्यवस्था रहेको र सोहीबमोजिम महालक्ष्मी विकास बैंक ‘ए समूहमा पर्न सफल भएको हो।

Esewa
Crest

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहक छन्। साथै, गत पुस २८ गते सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रुपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS