IME Life New

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट सिलिङ तोकिएको छ।

बजेट निर्माणका लागि आवश्यक छलफल गर्न आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सिलिङ तोकिएको जानकारी गराएको हो। ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ’, उनले भने, ‘यसमा सरोकारवालाबीच छलफल गर्दा कुनै विवाद भएन।’

Esewa
Crest

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा माघ मसान्तभित्र आगामी वर्षको बजेटको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ। तर, आज फागुन ४ गते नै बजेटको सिलिङ सरकारले सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरिएको थियो। तर गत सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS