IME Life New

गुगलका सीईओ प्रयोग गर्छन् २० वटा स्मार्टफोन, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूला टेक कम्पनीहरु प्रबन्ध गर्ने व्यक्तिहरुले प्रविधिको कत्तिको प्रयोग गर्छन्? यो प्रश्न धेरै पटक मानिसको मनमा आउँछ। यस्तै केही प्रश्नहरुको जबाफ गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले दिएका छन्। उनले एक अन्तर्वार्तामा आफ्नो प्राविधिक बानीको खुलासा गरेका थिए।

अन्तर्वार्तामा सुन्दर पिचाईले आफूले कतिवटा फोन चलाउने गरेको बताए। यसका साथै उनले एआई मानिसले गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण आविष्कार भएको पनि बताए।

Esewa
Crest

सुन्दर पिचाईले विभिन्न कारणले २० भन्दा बढी स्मार्टफोन प्रयोग गर्ने बताए। जहाँ मानिसहरुलाई एक वा दुई फोनहरु व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। सुन्दर पिचाई त्यहाँ २० भन्दा बढी फोन प्रयोग गर्छन्। पिचाईले गुगलका सबै सेवा परीक्षण गर्नका लागि यो गर्नुपर्ने बताए।

यसबाहेक पिचाईले अन्तर्वार्तामा अन्य धेरै खुलासा पनि गरेका छन्। आफ्नो खाताको सुरक्षाबारे सोध्दा उनले बारम्बार पासवर्ड परिवर्तन नगर्ने बताए। बरु तिनीहरु अतिरिक्त सुरक्षाका लागि टु–फ्याक्टर अथेन्टिकेसनमा भर पर्छन्। यसले पिचाईले आधुनिक सुरक्षा विधि प्रयोग गरेको देखाउँछ।

यसका अलावा पिचाईले आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा पनि केही आइडिया शेअर गरेका छन्। एआई मानिसले बनाएको सबैभन्दा महत्वपूर्ण प्रविधि हो भन्ने उनको विश्वास छ।

पिचाईले स्क्रिन टाइमका बारेमा केही विशेष कुरा पनि शेअर गरेका छन्। जब उनलाई सोधियो कि उनका छोराछोरीले स्क्रिना कति समय बिताउँछन् ? तब उनले भने, ‘यसका लागि कडा नियमको तुलनामा पर्सनल लिमिट्स तोक्नुपर्छ।’

नयाँ पुस्ताले प्रविधि सिकेर त्यसलाई अपनाउनुपर्ने पिचाईले बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS