IME Life New

सामूहिक कृषी बीमामा पनि सबै किसानका लागि दुर्घटना बीमा अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषी पशुप‌ंक्षी तथा जडिबुटी बीमालेख जारी गर्दा अनिवार्य रुपमा १ वर्ष अवधिकाे लागी किसानको दुर्घटना बीमा जारी गर्न निर्देशन दिएको छ। साथै प्राधिकरणले बीमित किसानको दोहोरो दुर्घटना बीमा गर्न समेत रोक लगाएको छ।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि जारी गरेको निर्देशनमा एक वर्षभन्दा कम अवधिको लागि बीमालेख जारी गर्दा समेत दुर्घटना बीमा १ वर्ष अवधिकाे लागि नै कायम हुने गरी बीमालेख जारी गर्न निर्देशन दिएको छ। साथै न्यूनत्तम २ लाख रुपैयाँ बीमाङ्कको दुर्घटना बीमाका लागि किसानले २ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने साबिकको प्रावधान कायमै राखेको छ।

Esewa
Crest

एक पटक कृषी पशुपंक्षी वा जडिबुटी बीमा गरि सकेको किसानको नाममा जारी दुर्घटना बीमालेखको अवधि कायमै रहेको अवस्थामा किसानले पुनः कृषी पशुपंक्षी वा जडिबुटी बीमा खरिद गर्दा पुनः दुर्घटना बीमा गर्न अनिवार्य नहुने भएको छ। यस्तो अवस्थामा पहिले जारी गरिएको दुर्घटना बीमाको अवधि समाप्त हुनु अगावै किसानलाई त्यसको सूचना दिनुपर्ने दायीत्व निर्जीवन बीमकको हुनेछ । यसैगरी सामूहिक रुपमा गरिएको कृषी पशुपंक्षी वा जडिबुटी बीमामा समेत समूहमा आबद्ध प्रत्येक किसानको बेग्लाबेग्लै दुर्घटना बीमा गरिएको हुनुपर्नेछ।

बीमा अवधिभित्र दुर्घटनामा परेर बीमित किसानको निधन भएमा, स्थायी पूर्ण अपाङ्गता भएमा, नाडीदेखि माथि एउटा वा दुबै हात काम नलाग्ने भएमा, एक वा दुबै खुट्टाको गोलीगाँठोदेखि माथि पुरै काम नलाग्ने भएमा वा दुबै आँखाको दृष्टी गुमेमा बीमा कम्पनीले बीमाङ्क बराबर अर्थात् न्यूनत्तम दुई लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS