Connect IPS
IME Life

नियम मिच्ने मुक्तिनाथसहित ६ बैंक/वित्तीय संस्थामाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान मिच्ने मुक्तिनाथ विकास बैंक तथा ६ बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो। यहीमध्ये केहीलाई सचेत गराइएको छ भने केहीलाई नगद जरिवाना गरिएको छ।

Prabhu
Crest

संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएकोर उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भए पनि नीतिविपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाइएकोले अबउप्रान्त त्यस किसिमको कार्य नगर्न सप्तरीको डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

यसका साथै सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंक, २०५८ को उपदफा (२) को खण्ड (ङ) बमोजिम आदेश दिइएको । संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा यस बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशनविपरीत आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दरसम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सप्तरीका डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ।

त्यस्तै नारायणी डेभलपमेनट बैंकले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक पी०३, दोश्रो पटक पी०४ र तेस्रो पटक पी०५ मा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ र इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको व्यवस्थाबमोजिम संस्थालाई राष्ट्र बैंकले रु. १२ हजार ८४६.२८ नगद जरिवाना गराएको छ।

नारायण डेभलपमेन्ट बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ६ को उपबुँदा नं (६) मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ६ को उपबुँदा नं (७) अनुसार कुल रु. २ लाख ४१ हजार ९२४.०१ हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट उता प्रोग्रेसिभ फाइनान्सले महर्जन विजनेश एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैंकिङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौताअनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न गुडविल फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम राष्ट्र बैंकले नसिहत दिएको छ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं. ३ को उपबुँदा (४) मा भएको व्यवस्थाविपरीत संस्थाले आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले गुहेश्वरी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृतलाइ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशनसमेत दिइएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS