काठमाडौं । लामो समयपछि फेरि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २७ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशतमा झरेको हो। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको अवस्थामा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्छ। लामो समयसम्म अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि रहँदा राष्ट्र बैंकले गत पुसदेखि लगातार बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।
माघ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा ७ अर्ब रुपैयाँले कम हो। माघ २६ गतेसम्म कुल निक्षेप ६१ खर्ब ५९ अर्ब रुपैयाँ थियो।
माघ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले कम हो। माघ २६ गतेसम्म कुल कर्जा लगानी ५० खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो।
माघ २७ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८०.२३ प्रतिशत रहेको छ।












