IME Life New

घरजग्गा र शेयर बजारमा अत्याधिक लगानी हुँदा कर्जाको माग बढ्न नसकेको होः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गा र शेयर बजारमा अत्याधिक लगानी हुँदा बजारमा कर्जाको माग बढ्न नसकेको बताएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘यद्यपि पछिल्लो समय कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको छ’, उनले भने, ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो। ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ।’

Esewa
Crest

पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्री महतको भनाइ छ।

यसैगरी अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको पनि बताए। ‘बैंकको ब्याजदर घट्दो अवस्थामा छ। रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ’, उनले भने, ‘यो सुधारको संकेत हो। गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ। अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद् छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS