IME Life New

ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक–२०२४ भव्यताका साथ मनाउन सरोकारवाला संघसंस्थाले आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ।

Esewa
Crest

यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) ‘सम्म प्रोटेक्स योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १२ औँ शृंखला मनाउन लागिएको हो। यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ।

राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर ग्लोबल मनी विक मनाइँदैछ। यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ।

यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्था पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता प्रवर्द्धनमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायलाई सहभागी भई ग्लोबल मनी विक भव्य रुपमा मनाउन राष्ट्र बैंकले आग्रह गरेको छ। यस साताव्यापी अभियानमा सहभागी हुन इच्छुक संघसंस्था र निकायलाई आ–आफ्ना कार्यक्रमको जानकारी राष्ट्र बैंकमा उपलब्ध गराउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS