IME Life New

अब स्वीकृतभन्दा बढी रकम विदेशी लगानीका रुपमा भित्रिन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्वीकृत भएकोभन्दा बढी विदेशी लगानीबापतको रकम पनि नेपाल भित्र्याउन सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा तेस्रो संशोधन गर्दै विदेशी लगानी भित्र्याउन थप सहज बनाएको हो। ‘स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकमसमेत विदेशी लगानीका रुपमा भित्रिन सक्नेछ’, संशोधित विनियमावलीमा व्यवस्था गरिएको छ, ‘यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपश्चात् रकम र मितिसमेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरु पालना हुने गरी विदेशी लगानीका रुपमा लेखांकन गर्न सकिनेछ।’

Esewa
Crest

यसैगरी विनिमय दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य नहुने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ। यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपश्चात् लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीका रुपमा लेखांकन गर्न सकिनेछ।

यो विनियमावलीबमोजिम नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रालगायतका विवरण समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र तोकिएको विवरण राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग वा विभागले तोकबमोजिम पेस गर्नुपर्नेछ। साथै, विदेशी लगानी भित्र्याउने उद्योग र विदेशी ऋण लिने ऋणीले समेत राष्ट्र बैंकले माग गरेबमोजिम विवरण पेस गर्नुपर्ने व्यवस्था विनियमावलीमा थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS