IME Life New

नियम मिच्न थालेपछि एनआईसी एशियाका डेपुटी सीईओको चित्त बुझेन, दिए राजीनामा, बोर्डबाट भने अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियामकीय प्रावधान मिचेपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई निगरानीमा राखेको छ। एनआईसी एशियाले लगातार नियम मिच्न थालेपछि चित्त नबुझेर बैंकका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले गत बुधबार राजीनामा दिए। तर, शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा अस्वीकृत गरेको छ।

बैंकका सीईओ रोशनकुमार न्यौपानेसमक्ष पाण्डेले राजीनामा बुझाएका थिए। सीईओ न्यौपानेले पाण्डेको राजीनामा सञ्चालक समितिसमक्ष पेस गरेका थिए। ‘तर, उच्च व्यवस्थापकको एकाएक आएको राजीनामाले परिस्थिति बिग्रिन सक्ने देखियो’, एक सञ्चालकले भने, ‘किनकि पछिल्लो समय बैंकिङ क्षेत्रमा निकै चुनौती देखिएका छन्। त्यसलाई सामना गर्न उहाँजस्ता अनुभवी र बैंकिङ दक्षता राख्ने व्यक्तिलाई बैंकले गुमाउन चाहँदैन। त्यही भएर उहाँको राजीनामा स्वीकृत नभएको हो।’

Esewa
Crest

पछिल्लो समय एनआईसी एशिया बैंक नियामकीय व्यवस्थालाई उल्लंघन गर्दै अगाडि बढिरहेको पाइएपछि राष्ट्र बैंकले निगरानी बढाएको छ। ‘अहिले बैंकहरु नाफामुखी बन्न थालेको पाइएको छ’, राष्ट्र बैंक स्रोत भन्छन्, ‘त्यसको पछिल्लो उदाहरण एनआईसी एशिया बैंक बनेको छ। ‘उसले बढी नाफा आर्जन गर्ने उद्देश्यले अनुत्पादकत्व क्षेत्र घर–जग्गामा बढी लगानी गरेको देखियो, त्यो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी’, स्रोतले भन्यो, ‘त्यसैले एनआईसी एशिया बैंकका सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराउने काम पनि गरेको छ। योसँगै एनआईसी एशिया बैंकमाथि निगरानी बढाइएको छ।’

अर्कोतर्फ एनआईसी एशिया बैंकले राष्ट्र बैंकले कर्जा प्रवाहका लागि प्राथमिकतामा राखेको क्षेत्रहरुमा भने कम लगानी गरेको पाइएको पनि स्रोत बतायो। ‘प्राथमिकतामा राखिएका क्षेत्रमा जति लगानी गर्न सीमा तोकिएको छ, त्योभन्दा निकै कम एनआईसी एशिया बैंकले लगानी गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको छ’, स्रोतले भन्यो, ‘त्यसैले एनआईसी एशिया बैंकलाई ट्रयाकमा ल्याउन पनि राष्ट्र बैंकले निगरानी बढाएको छ।’

एनआईसी एशिया बैंकलाई तोकिएको नियामकीय व्यवस्थाहरु पालना गराउन राष्ट्र बैंक कठोर बन्नै पर्ने अवस्था सिर्जना भएको स्रोत बताउँछ। ‘त्यसैले एनआईसी एशिया बैंकमाथि थप अनुसन्धान भइरहेको छ’, स्रोतले भन्यो।

एनआईसी एशिया बैंकले नियम मिचेर गलत ढंगले अगाडि बढ्न खोजेपछि डेपुटी सीईओ पाण्डेले राजीनामा दिएको बैंक स्रोत बताउँछ। ‘राष्ट्र बैंकले तोकेका व्यवस्थाहरु पालना नगरी अगाडि बढ्न खोजेपछि बैंकका उच्च व्यवस्थापकमाथि दबाब बढेको थियो, जुन कुरा उहाँलाई मन परेन’, स्रोतले भन्यो, ‘त्यही भएर उहाँले राजीनामा दिनुभएको थियो।’

एनआईसी एशिया बैंकमा २०७५ सालदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS