IME Life New

खुम्चियो लघु बीमाको आकारः बीमकको प्राथमिकतामा नपरेको वा मन्दीको प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्यादी तथा लघु बीमालेखको प्रवर्द्धनका लागि लघु जीवन बीमा कम्पनीलाई अस्तित्वमा आएपछि बीमालेख बिक्री संख्यामा उल्लेख्य गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा म्यादी र लघु बीमालेख बिक्री १३.७५ प्रतिशतले खुम्चिएको छ।

प्राधिकरणका अनुसार चालू आव २०८०।८१ को पौष मसान्तसम्मको ६ महिनामा जीवन बीमकले कूल ६३ लाख ४३ हजार ९८९ वटा म्यादी र लघु बीमालेख बिक्री गरेका छन् । गत आव २०७९।८० को सोही अवधिमा कूल ७३ लाख १३ हजार १२१ वटा म्यादी र लघु बीमालेख बिक्री भएको थियो । संख्यात्मक हिसाबले पोहोरको अर्द्ध वार्षिक अवधिको तुलनामा म्यादी र लघु बीमालेख ९ लाख ६९ हजार १३२ ले बीमालेख बिक्री संख्या घटेको छ।

Esewa
Crest

जीवन बीमकले चालू आवको पौष महिनामा कूल २ लाख ५५ हजार ८५३ वटा लघु बीमालेख बिक्री गरेका छन् । योमध्ये तीनवटा लघु जीवन बीमा कम्पनीहरुको योगदान ५ हजार ९७२ रहेको छ। गत आवको पौष महिनामा मात्र जीवन बीमकले कूल ५ लाख ७८ हजार २६३ वटा लघु बीमालेख बिक्री गरेका थिए । ठूला जीवन बीमा कम्पनीले बिक्री गरेको बीमालेख गत आवको पौष महिनाको तुलनामा यो वर्षको पौषमा आधाभन्दा बढीले घटेको छ।

गरिब,विपन्न तथा पिछडिएका वर्गसम्म बीमाको सुरक्षा कवच बिस्तारका लागि लघु र म्यादी जीवन बीमा एकदमै प्रभावकारी माध्यम हो ।

खर्चिलो छ लघु बीमाको कारोबार

लघु बीमालेखको बिक्रीमा जोखिमको तुलनामा उच्च सञ्चालन लागतका कारण ठूला जीवन बीमकले लघु बीमाबाट क्रमशः प्राथमिकता हटाउँदै लगेका छन् । लघु बीमालेखको बिक्रीवापत लघु वित्तीय संस्थालाई वैधानिक कमिशनका अतिरिक्त थप प्रोत्साहन रकम उपलब्ध गराउनुपर्दा यो व्यापार खर्चिलो बन्दै गएको छ। व्यापारबाट प्राप्त हुने बीमाशुल्क रकमको उल्लेख्य हिसाबले बीमकलाई लघु बीमाले लोभ्याए पनि खर्च र दाबी भुक्तानीको दबाबका हिसाबले यो व्यापार सर्वाधिक जोखिमको व्यापार हो ।

लघु वित्त कम्पनीले सस्तो बीमाशुल्क भुक्तानी गर्न बीमितको उमेर सम्बन्धि विवरण र स्वास्थ्य विवरण लुकाएर म्यादी बीमा गरिदिने प्रवृत्ती ज्यादै छ। ऋणसँग जोडिएको जोखिम बीमामार्फत् बीमकलाई हस्तान्तरण गरिदिने र बीमा दाबीवापतको रकमबाट आफ्नो ऋण सुरक्षित गर्ने काम लघु वित्तीय संस्थाले गर्दै आएका छन् । लघु वित्त कम्पनीहरुले जीवन बीमा कम्पनीसँग दाबीवापतको रकम भुक्तानी लिने र ऋणीसँग पनि सामूहिक जमानीमार्फत् ऋणको साँवा ब्याज असुली गर्ने आरोप लाग्दै आएको छ।

लघु बीमालेखको लक्षित ग्राहक लघु वित्त तथा सहकारी संस्थाका ऋणी ग्राहक हुन् । पछिल्लो समयमा लघु वित्तको ऋण प्रवाह प्रणालीमा नेपाल राष्ट्र बैंकले समस्या औंल्याउँदै सुधारात्मक कदम चालेपछि लघु वित्तको माध्यमबाट एउटै ऋणीलाई जथाभावी ऋण प्रवाह गर्ने प्रवृत्तीमा अंकुश लागेको छ। यसबाहेक ठूला सहकारी संस्थाहरु संकटग्रस्त घोषित भएसँगै ति सहकारीमा आबद्ध ऋणीहरुको ठूलो संख्या पनि कारोबारबाट विमूख हुँदा स साना कर्जाको सुरक्षाका लागि लघु बीमाको माग घटेको छ।

जीवन बीमक संघका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण जीवन बीमकको लघु बीमा व्यापार घटेको बताउँछन्। ‘मुख्य कारण नै यही हो, अरु केही पनि छैन’, उनले भने।

बीमकको प्राथमिकतामा लुघ बीमा नपरेको भन्ने कुरा गलत रहेको अध्यक्ष पौडेल बताउँछन्। ‘पहिले लघु बीमा प्राथमिकतामा पर्ने र अहिले नपर्ने पनि हुन्छ र ?’, उनले भने, ‘लघु बीमा बीमकको प्राथमिकमा छ तर अहिले अर्थतन्त्र नै ट्रयाकमा नआएकोले लघु बीमा व्यापार पनि बढ्न नसकेको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS