IME Life New

डिजिटल माध्यमबाट दाबी रकम भुक्तानीले बीमितलाई दुःख दिने प्रवृत्तीमा लाग्यो अंकुश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले डिजिटल, अनलाइन तथा बैंकिङ च्यानलमार्फत् दाबी भुक्तानी दिन थालेपछि बीमितलाई अनुचित प्रभावमा पारेर पुनः बीमा गराउने प्रवृत्तीमा अंकुश लागेको छ। बीमा कम्पनीहरुले दाबी भुक्तानीको रकम सिधै बीमितको बैंक खाता वा बीमितको निधन भएको अवस्थामा कानूनी हकवालाको बैंक खातामा भुक्तानी दिई रहेका छन् ।

मुद्रा निर्मलीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी निर्देशन २०७५ मा पचास हजार रुपैयाँभन्दा माथिको दाबी भुक्तानीमा अनिवार्यरुपमा बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गर्नुपर्ने प्रावधान छ। यो प्रावधानका कारण बीमकले बीमित वा लाभग्राहीलाई नगदै नभएर चेक, बैंक खाता वा अनलाइन भुक्तानी प्रणाली मार्फत् भुक्तानी दिनुपर्छ ।

Esewa
Crest

बीमा कम्पनीहरुले बीमितको बैंक खाता तथा पहिचान यकीन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुमा अझै ग्राहक पहिचान फारम भराउन थालेका छन् । कुनै समय यस्तो पनि थियो, जति बेला अभिकर्ताले बीमितसँग बीमाशुल्कवापतको पैसा लिएर २९ दिनसम्म व्यक्तिगत प्रयोजनमा ल्याउने र ३० औं दिनमा बीमितको नामबाट बीमा कम्पनीमा जम्मा गरि दिने । बीमितको बीमालेखको सक्कल प्रति आफूसँगै राखेर बीमितले केही वर्ष रकम तिरि सकेपछि बीमितको जानकारी बिना नै बीमालेख धितो राखेर कर्जा उपभोग गर्ने गलत प्रवृत्ती समेत रहेको थियो । केही वर्ष अघि मात्र नेपाल लाइफको नयाँ बानेश्वर शाखाका कर्मचारी र अभिकर्ताको मिलेमतोमा बीमितको जानकारी बिना नै बीमालेख धितोमा कर्जा प्रवाह भएको घटना हालै मात्र प्रकाशमा आएको थियो ।

बैंकिङ प्रणालीमार्फत् भुक्तानीको अभ्याससँगै बीमितको रकम दुरुपयोग गर्ने र पुनः बीमा गर्नका लागि अनुचित दबाब दिने प्रवृत्तीमा पनि अंकुश लागेको छ। नविकरण बीमाशुल्क मात्र नभएर प्रथम् बीमाशुल्क समेत अचेल बीमितले विभिन्न डिजिटल भुक्तानीको माध्यमबाट सिधै बीमा कम्पनीको खातामा जम्मा गरिदिने सुविधाका कारण पनि गैरव्यवसायीक अभिकर्ताबाट फट्याइँ हुने संभावना न्यून भएको छ। बीमा कम्पनीहरुले डिजिटल भुक्तानी माध्यम, डिजिटल वालेटलगायतका माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न बीमितलाई प्रोत्साहन समेत गरेका छन् । डिजिटल माध्यमबाट भुक्तानी गर्दा निश्चित रकम छुट दिएर बीमितलाई प्रोत्साहन दिने प्रयास भई रहेको छ।

बैंक खातामा भुक्तानीको प्रावधानको कडाईका साथ कार्यान्वयन हुनु अगाडीसम्म बीमकले चेक हस्तान्तरण गर्ने समयमा बीमित वा निजको हकवालालाई अनुचित दबाब र प्रभावमा पारेर निश्चित बीमांकको नयाँ जीवन बीमा गरेको अवस्थामा मात्र दाबी भुक्तानी पाइने भन्दै शर्त तेर्स्याउने गरेका थिए । दाबीवापतको रकम सिधै बैंक खातामा भुक्तानी गर्ने अभ्यासले जीवन बीमामा यो प्रवृत्तीमा अंकुश लागेपछि केही जीवन बीमकले वैदेशिक रोजगारी बीमा अन्तर्गत दाबी भुक्तानी दिने बेलामा पुनः शर्त तेर्स्याउन थाले। मृतक बीमितको परिवारको सदस्यले जीवन बीमा नगराएसम्म वैदेशिक रोजगारी बीमावापतको दाबी भुक्तानी नपाउने भन्दै बीमा गर्न बाध्य बनाए ।

वैदेशिक रोजगार विभागले लिखितरुपमा नै यसबारेमा ध्यानाकर्षण गराएपछि नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको प्रतिनिधिलाई बोलाएर नसुध्रिए कारवाही गर्ने चेतावनी दिनु परेको थियो ।

अझै पनि दाबी भुक्तानीको रकम दिनु अघि नयाँ बीमाका लागि दबाब दिने प्रवृत्ती रोकिएको छैन, जीवन बीमा व्यापारबारे जानकारको भनाईमा, दाबी लिनेलाई बीमाको नियमबारे थाहा छैन भने जसरी पनि प्रभावमा पारेर नयाँ बीमा गराई हाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS