IME Life New

गुगलको ठूलो कारबाही, डिलिट गर्यो २२०० फर्जी लोन एप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोन एपहरुको नेटवर्क इन्टरनेटमा व्यापक फैलिएको छ। यहाँ धेरै यस्ता नक्कली लोन एपहरु छन्, जसले मानिसहरुलाई फसाएर ठूलो रकम असुल्छन्। यी नक्कली लोन एप घातक साबित भएका छन्।

ऋणको जालमा फसेपछि धेरै उपभोक्ताले ज्यानसमेत गुमाएका छन्। प्रयोगकर्तालाई त्यस्ता एपबाट जोगाउन गुगलले समय–समयमा प्ले स्टोरबाट तिनीहरुलाई हटाउने गर्छ।

Esewa
Crest

कम्पनीले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म गुगल प्ले स्टोरबाट २ हजार २०० नक्कली लोक एप हटाएको छ। गुगलले अप्रिल २०२१ र जुलाई २०२२ बीच ३ हजार ५०० देखि ४ हजार एपहरुको समीक्षा गरेको थियो। त्यसपछि कम्पनीले प्ले स्टोरबाट २ हजार ५०० एप हटायो। सेप्टेम्बर २०२२ र अगस्ट २०२३ बीचमा नक्कली लोन एपहरुविरुद्ध गुगलको कारबाही जारी रह्यो। यस अवधिमा गुगलले प्ले स्टोरबाट २ हजार २०० फर्जी लोन एप हटाएको छ। यससँगै गुगलले प्ले स्टोरमा लोन एप्सको सम्बन्धमा आफ्नो नीति पनि अपडेट गरेको छ।

अब गुगल प्ले स्टोरमा ती लोन एपहरुलाई मात्र अनुमति दिइनेछ, जुन विनियमित संस्थाहरु वा यी संस्थाहरुसँगको सहकार्यमा प्रकाशित हुनेछन्। यससँगै अग्रणी टेक कम्पनीले अतिरिक्त नीति आवश्यकता र प्रवर्तन लागू गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS