IME Life New

बढ्यो शेयर धितो कर्जा, हायर पर्चेज कर्जा भने झनै सुस्तायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय शेयर धितो कर्जा बढ्न थालेको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा मार्जिन प्रकृति (शेयर धितो) कर्जा १०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा शेयर धितो कर्जा ७ प्रतिशतले घटेको थियो। अर्थतन्त्रमा देखिएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा पनि बढ्न थालेको हो।

Esewa
Crest

समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) पनि ४.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा १.४ प्रतिशतले मात्रै बढेको थियो। यसले विस्तार रियल स्टेट बजारमा पनि सुधार हुँदै गएको संकेत गर्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा हायर पर्चेज कर्जा भने १९.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा हायर पर्चेज कर्जा ८.७ प्रतिशतले घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट हायर पर्चेज कर्जा झनै सुस्ताएको देखिन्छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१ खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. १ खर्ब ३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ।

२०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.९ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.० प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ।

यो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३ खर्ब ७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२ खर्ब १५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS