IME Life New

यो कम्पनीले गर्यो ठूलो निर्णय, समाप्त होला नोकियाको अस्तित्व ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नोकिया स्मार्टफोन र फिचर फोन निर्माता कम्पनी एचएमडी ग्लोबलले ठूलो निर्णय लिएको छ। एचएमडी ग्लोबलले अब आफ्नो मूल ब्रान्ड अर्थात एचएमडीसँग ब्रान्ड भएका स्मार्टफोनहरु लन्च गर्नेछ। कम्पनीले केही समयदेखि लगातार यी उपकरणहरुलाई काम गर्दै आएको छ। एचएमडीले नोकिया ब्रान्डलाई आफ्नो सोसल मिडिया अकाउन्ट एक्स (ट्विटर)बाट हटाएको छ।

निर्माताले चाँडै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्नेछ। जुन एचएमडी ब्रान्डिङका साथ आउनेछ। यो स्मार्टफोन चाँडै सुरु हुने मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी २०२४) मा लन्च हुन सक्छ। ब्रान्डको सामाजिक मिडिया प्लेटफर्म एक्समा रहेको अकाउन्टमा अब नोकिया डटकमको सट्टा एचएमडी डटकम पाइनेछ।

Esewa
Crest

धेरैको मनमा यो प्रश्न उठिरहेको छ कि नोकियाको कथा फेरि एकपटक अन्त्य हुन्छ कि हुँदैन ? यसअघि माइक्रोसफ्टले नोकियाका फोन पनि बेचेको थियो तर पछि कम्पनीले नोकिया ब्रान्डको अधिकार एचएमडी ग्लोबललाई बेचेको थियो। तर, नोकिया स्मार्टफोन अब उपलब्ध हुने छैन भन्ने होइन। कम्पनीले नोकियाका फोन पनि बनाउन जारी राख्ने स्पष्ट पारेको छ। यसका साथै कम्पनीले नयाँ ब्रान्डसँगको सहकार्यमा डिभाइसहरु पनि लन्च गर्नेछ। कम्पनीको नयाँ वेबसाइटमा नोकिया फोनहरुको सूची पाउन सकिनेछ।

एचएमडीले मूल एचएमडी ब्रान्डिङ स्थापना गर्न पनि काम गर्नेछ। ‘हामी अझै नोकिया स्मार्टफोन र फिचर फोनको निर्माता हौँ तर हामी थप ल्याउने तयारी गरिरहेका छौँ’, एचएमडीले भनेको छ, ‘जसमा सबै नयाँ साझेदारीका ओरिजिनल एचएमडी डिभाइस र फोनहरु समावेश हुनेछन्।’

कम्पनीले एक टिजर पनि जारी गरेको छ। जसमा कम्पनीले आफूलाई ह्युमन मोबाइल उपकरणका रुपमा वर्णन गरेको छ। विगत ७ वर्षदेखि एचएमडी ग्लोबलले नोकिया ब्रान्डका स्मार्टफोन र फिचर फोनहरु उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०१७ मा सुरु गरेको हो।

कम्पनीले सन् २०१६ मा माइक्रोसफ्टबाट नोकिया ब्रान्ड खरिद गरेको थियो। कम्पनीले १० वर्षका लागि नोकिया ब्रान्डको अधिकार बेचेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS