IME Life New

सरकारले अनुदान रकम भुक्तानी रोक्दा १२ प्रतिशतले खुम्चियो कृषि बीमाको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा जारी गरेको कृषि बीमालेखवापतको बीमाशुल्क आम्दानी १२ प्रतिशतले खुम्चिएको छ। नियामक नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको आवधिक तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९।८० को पुस मसान्तसम्मको कारोबारको तुलनामा चालु आवको सोही अवधिमा कृषि बीमाको व्यापारमा गिरावट देखिएको हो।

चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमकले सातवटै प्रदेशबाट कुल ९६ करोड १८ लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस्तो बीमाशुल्क आम्दानी गत आवको सोही अवधिमा १ अर्ब ९ करोड २७ लाख ३६ हजार रुपैयाँ थियो।

Esewa
Crest

सरकारले कृषि तथा पशु बीमा बीमालेखबापत निर्जीवन बीमकलाई उपलब्ध गराउँदै आएको अनुदान रकम लामो समयदेखि दाबी भुक्तानी दिन अड्काएपछि निर्जीवन बीमकले पछिल्लो समयमा कृषि बीमालाई कम प्राथमिकतामा राख्न थालेका छन्। सरकारले कृषि बीमाका लागि किसानलाई बीमाशुल्कमा ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यस्तो अनुदान रकम वितरणका लागि सरकारले किसानसँग बीमकले आधारभूत बीमाशुल्कवापतको २० प्रतिशत रकममात्र भुक्तानी लिने र अनुदानवापतको बाँकी ८० प्रतिशत रकम सरकारसँग शोधभर्ना लिने व्यवस्था गरेको छ।

प्रदेशगत हिसाबले कृषि बीमाशुल्क आम्दानी सबैभन्दा बढी ३६ प्रतिशतले कर्णाली प्रदेशमा घटेको छ। कर्णालीमा गत आव २०७८।७९ को समिक्षा अवधिमा १ करोड ९४ लाख ५२ हजार रुपैयाँ रहेकोमा चालु आवको पुस मसान्तसम्मको आम्दानी जम्मा १ करोड २३ लाख ८४ हजार रुपैयाँ रहेको छ। यसैगरी गण्डकी प्रदेशमा पनि कृषि तथा पशुपन्छी बीमाबापतको बीमाशुल्क आम्दानी २२ प्रतिशतले खुम्चिएको छ।

प्राधिकरणका अनुसार चालु आवको पुससम्ममा निर्जीवन बीमकले गण्डकी प्रदेशबाट जम्मा ११ करोड ७८ लाख ६१ हजार रुपैयाँ संकलन गरेका छन्। गत आवको सोही अवधिमा गण्डकीबाट १५ करोड ३० लाख ३६ हजार रुपैयाँ संकलन भएको थियो। लुम्बिनी प्रदेशमा १९ प्रतिशत, कोशीमा १७ प्रतिशत, बागमती र सुदूरपश्चिम प्रदेशमा समान ८ प्रतिशतले कृषि तथा पशुपन्छी बीमाबापतको बीमाशुल्क आम्दानी घटेको छ।

देशभरका सातवटै प्रदेशमा कृषि बीमाशुल्कबापतको आम्दानी खुम्चिँदा मधेश प्रदेशबाट संकलित बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढेको छ। बीमा प्राधिकरणका अनुसार कृषि बीमालेखको बिक्रीबाट निर्जीवन बीमकले मधेशको ८ जिल्लाबाट कुल ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आवको पुस मसान्तसम्ममा मधेशबाट जम्मा ११ करोड ३५ लाख रुपैयाँ कृषि बीमाशुल्क संकलन भएको थियो।

बीमा प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि बीमाको व्यापार घट्नुको मुख्य कारण नै कृषि तथा पशु बीमा बीमालेखबापत निर्जीवन बीमकलाई सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकम लामो समयदेखि रोकिनु नै रहेको बताए। ‘यही कारणले निर्जीवन बीमकहरुले कृषि बीमालाई त्यति प्राथमिकतामा नराखेको पनि देखिन्छ’, उनले भने।

अर्कोतर्फ धेरैलाई कृषि बीमामा अनुदान पाइन्छ भन्ने कुरा थाहै नरहेको पौडेलको भनाइ छ। ‘यो कारणले पनि कृषि बीमाको व्यापार घटेको हुन सक्छ’, उनले भने।

प्रवक्ता पौडेल अब सरकारले लघु बीमकलाई अनुदान दिएर कृषि बीमा सञ्चालन गर्ने हो भने तल्लो तहसम्म बीमाको पहुँच पुग्ने र व्यापार पनि बढ्ने बताए। ‘यसका लागि हामीले सरकारका तालुकदार निकायहरुसँग कुरा गरिरहेका छौँ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS