IME Life New

यी अवस्थामा पुनः मोटर बीमा गर्न नपाइने, कसरी हुन्छ बीमा प्रस्ताव स्वतः स्वीकार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मोटर बीमा निर्देशन, २०८० को मस्यौदामा एक पटक बीमा गरिएको मोटर पुनः मोटर बीमा गर्न नपाइने सम्बन्धी प्रावधानहरु तोकेको छ।

बीमा गरेको सवारीसाधनको पूर्ण क्षति (चोरी भएको वा हराएको सवारीसाधन पुनः प्राप्त भई बीमा भएको वा लक्षित पूर्ण क्षति भई दाबी भुक्तानी भएकोमा बाहेक)वापतको दाबी भुक्तानी भएपछि पुनः बीमा गर्न पाइनेछैन । यस्तो  सवारीसाधनको दर्ता खारेजीका लागि बीमकले नै यातायात व्यवस्था विभागलाई लिखितरुपमा जानकारी गराउनुपर्नेछ। र सवारीसाधन पत्रु गराउनुपर्नेछ। त्यस्तो सवारीसाधनको पुनः बीमा गर्न नपाइने व्यवस्था परिमार्जित निर्देशनमा गरिएको छ।

Esewa
Crest

यसैगरी बीमकबाट दाबी भुक्तानी भइसकेको चोरी भएको वा हराएको सवारीसाधन फेला परेको अवस्थामा त्यस्तो सवारीसाधन बीमितले बीमकको नाममा नामसारी गरिदिनुपर्नेछ। नामसारी गरि दिएवापतको खर्च रकम कुन पक्षले व्यहोर्नुपर्ने विषयमा बीमालेखको मस्यौदामा केही उल्लेख गरिएको छैन ।

चोरी भएको वा हराएको सवारीसाधन अन्तर्गत दाबी भुक्तानी हुनु अगाडि सवारीसाधन भेटिएमा बीमकले क्षतिपूर्ती दिन अस्वीकार गर्न पाउनेछ । साथै यस्तो सवारीसाधन  बीमितले स्वीकार गर्नुपर्नेछ।दाबी भुक्तानी फर्छ्यौट हुनु अगावै फेला परेको सवारीमा कुनै क्षति भएको भएको अवस्थामा बीमकले नियमानुसार क्षतिपूर्ति प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

तेस्रो पक्षप्रतिको दायीत्व बीमालगायत सवारीसाधनको चालक, सहचालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी तथा यात्रुको प्रचलित कानूनी व्यवस्थाबमोजिम अनिवार्य बीमा गर्नुपर्ने भन्ने उल्लेख भएको अवस्थामा बीमकले प्राप्त बीमा प्रस्ताव स्वतः स्वीकार गरेको मानिने र त्यसवापत बीमालेख जारी गर्नुपर्ने प्रावधान समेत मस्यौदामा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS