IME Life New

एलन मस्कको न्युरालिंकले पहिलोपटक मानिसको दिमागमा जडान गर्यो चिप, कम्प्युटर चलाउन सोचेमात्र पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्लाका मालिक एलन मस्कको स्टार्टअप न्युरालिंकले पहिलोपटक मानिसको दिमागमा चिप जडान गरेको छ।

न्युरालिंकले एउटा सानो सिक्का आकारको चिप मानिसको दिमागमा जडान गरेको हो। यो चिपले मानिसको दिमाग र कम्प्युटरबीच सीधा कम्युनिकेसन च्यानल बनाउनेछ।

Esewa
Crest

यदि यो ह्युमन ट्रायल सफल भएमा चिपका माध्यमबाट दृष्टिविहीन मानिसले पनि देख्न सक्नेछन्। पक्षघातका बिरामी पनि हिँडडुल गर्न र कम्प्युटर चलाउन सक्नेछन्।

कम्पनीले यो चिपको नाम ‘लिंक’ राखेको हो। एनल मस्कले एक्स (ट्विटर)मा स्ट्याट्स लेख्दै भनेका छन्, ‘पहिलोपटक हाम्रो कम्पनी न्युरालिंकले मानिसको दिमाग चिप जडान गरेको छ। बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। सुरुआती नतिजा आशाजनक रहेको छ।’

मस्कले अर्को स्ट््याटसमा लेखेका छन्, ‘मानिसले यो चिपको मद्दतले सोचेमात्र पनि फोन, कम्प्युटरलगायत अन्य कुनै डिभाइस कन्ट्रोल गर्न सक्षम हुनेछन्। यो चिपको सुरुआती प्रयोगकर्ता त्यस्ता मानिस हुनेछन्, जसका अंगहरुले काम गर्न बन्द गरिसकेको छ।’

मस्कले अगाडि भनेको छ, ‘सोचौँ यदि स्टिफन हकिङ हुन्थे तर उनले यो चिपको मद्दतले स्पिड टाइपिस्ट वा अरुको तुलनामा तीव्रगतिमा कम्युनिकेट गर्न पाउँथे।’

अमेरिकाको इन्डिपेन्डेन्ट इन्स्टिच्युसनल रिभ्यू बोर्डले न्युरालिंकको यो चिपलाई सन् २०२३ को सेप्टेम्बरमा ह्युमन ट्रायलको अनुमति दिएको थियो। अब न्युरालिंकले ह्युमन ट्रायलका लागि बिरामीको खोजी गर्नेछ र तिनीहरुमा यो चिपको ट्रायल गर्नेछ।

न्युरालिंकले ह्युमन ट्रायलमा सहभागी हुने व्यक्तिको उमेर कम्तीमा २२ वर्ष हुनुपर्ने जनाएको छ। यो ट्रायल पूरा हुनमा करिब ६ वर्ष लाग्ने कम्पनीको भनाइ छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS