IME Life New

दोस्रो त्रैमाससम्म निर्जीवन बीमकको सवा १९ अर्ब माथिको व्यापार, कुनले कति गरे आर्जन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास पुस महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरुले सवा १९ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यी कम्पनीहरुले दोस्रो त्रैमाससम्म १४ लाख २१ हजार ७६ वटा बीमा पोलिसी बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यी कम्पनीहरुले पुस महिनामा मात्रै ३ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

पुस महिनासम्म सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६७ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड र एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब १५ करोड, प्रभु इन्स्योरेन्सले ९६ करोड ९८ लाख, ओरिएन्टल इन्स्योरेन्सले ९३ करोड ५१ लाख, नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख, राष्ट्रिय बीमा कम्पनीले ६९ करोड ३३ लाख, र नेशनल इन्स्योरेन्सले ६१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS