IME Life New

सार्वजनिक ऋणको आकार पौने २४ खर्ब माथि, आन्तरिक र बाह्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। देशको सार्वजनिक ऋणको आकार पौने २४ खर्ब माथि पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको साँवा–ब्याज गरी कुल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो। मंसिर मसान्तसम्म यस्तो ऋणको तिर्न बाँकी साँवा–ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ थियो। यो १ महिनामा ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा १.३६ गुणा अर्थात् ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको अनुमानित कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको रहेको छ।

पुस मसान्तसम्म भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिक ५०.५ प्रतिशत र बाह्य ४९.५ प्रतिशतको छ।

कार्यालयका अनुसार समीक्षा अवधिमा आन्तरिक तथा बाह्य गरी कुल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ प्राप्ति भएकोले ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ ऋणको साँवा–ब्याज भुक्तानी गरिएको छ।

तथ्यांकअनुसार पुस मसान्तसम्म आन्तरिक ऋणको साँवा–ब्याज गरी ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरिएको छ। अब ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी छ।

पुस मसान्तसम्म २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बाह्य ऋणको साँवाब्याज भुक्तानी गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बाह्यतर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS