IME Life New

वाणिज्य बैंकहरुको नाफामा झन्डै १०%को गिरावट, ४ वटाको मात्र बढ्दा सर्वाधिक कमाउनेमा नबिल (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको पौने २९ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

कुल २० वटा वाणिज्य बैंकहरुले दोस्रो त्रैमासम्म २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा भने ९.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यी बैंकहरुको कुल नाफा ३१ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्ने हो ४ वटा बैंकको मात्रै नाफा बढेको छ भने बाँकी १६ वटाको घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको मात्रै नाफा बढेको छ। प्रतिशतका हिसाबले सबैभन्दा नाफा बढाउनेमा हिमालयन रहेको छ। यो बैंकको नाफा ५७.५३ प्रतिशतले बढेको छ। प्राइम बैंकको ३२.१३ र एभरेष्टको ७.८८ प्रतिशतले नाफा बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म घाटा व्यहोरेको कृषि विकास बैंकको समीक्षा अवधिमा भने नाफामा रहेको छ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल बैंकको नाफा घटेको छ। यो बैंकको नाफा ४९.६० प्रतिशतले घटेको छ। समीक्षा अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा नेपाल बैंक नै रहेको छ। यो बैंकले ६ महिनामा ५९ करोड रुपैयाँ ५१ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको छ।
यसैगरी समीक्षा अवधिमा एनआईसी एसियाको नाफा ४१.८४ प्रतिशत र प्रभुको ३९.९७ प्रतिशतले घटेको छ।

दोस्रो त्रैमासम्म सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ। यो बैंकले ६ महिनामा ३ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि, यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा भने ६.२८ प्रतिशतले कम हो।

कुन वाणिज्य बैंकको नाफा कति ?

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS