IME Life New

सञ्चालन मुनाफा घट्दा निफ्राको नाफा प्रभावित, घट्यो ईपीएस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म निफ्राले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म निफ्राले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो ६ महिनामा निफ्राको खुद ब्याज आम्दानी भने २.८३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निफ्राको खुद ब्याज आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ थियो।

Esewa
Crest

निफ्राले समीक्षा अवधिसम्म ९८ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ९ करोड रुपैयाँ थियो। निफ्राको सञ्चालन मुनाफा पनि ९.९६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा निफ्राको निक्षेप संकलन ३ अर्ब ३६ करोड रुपैयाँ र कर्जा प्रवाह १९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निफ्राले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भको आकार ७४.४९ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६६ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहेको निफ्राको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ६.३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ७.०९ रुपैयाँ थियो। पीई रेसियो ३५.०६ गुणा रहेको निफ्राको प्रतिशेयर नेटवर्थ ११३.४९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS