IME Life New

मुक्तिनाथ विकास बैंकको घट्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३२.९३ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ थियो ।

Esewa
Crest

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.१६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशतले घटेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९८ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहको छ। ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ सञ्चित छ।

पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा घटेर ११ रुपैयाँ ९२ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS