IME Life New

अधिकांश वित्तीय सूचकमा आरएसडिसी लघुवित्तको खराब प्रदर्शन, घट्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म आरएसडिसी लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.७३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात (एनपील) बढेर १.८२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.८१ प्रतिशत थियो।

खराब कर्जा मेन्टेन गर्न संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा ४१ लाख ७४ हजार रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष २ करोड २८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

संस्थाले समीक्षा अवधिसम्म ९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ११ करोड ३४ लाख रुपैयाँ थियो। यो हिसाबले संस्थाको सञ्चालन मुनाफा पनि १२.७३ प्रतिशतले घटेको छ।

यो ६ महिनामा संस्थाको खुद ब्याज आम्दानी १७.३१ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले ६ अर्ब १ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १०.६८ प्रतिशतले बढेर १२ करोड १० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० करोड ९३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १५.९४ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १९.७३ रुपैयाँ थियो। पीई रेसियो ३६.०७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३१.०१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS