IME Life New

कामना सेवा विकास बैंकको ३२.१९%ले बढ्यो नाफा, ईपीएसमा पनि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न कामना सेवा पहिलो विकास बैंकको हो।

समीक्षा अवधिसम्म कामना सेवा विकास बैंकले २५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) सामान्य सुधार आए पनि ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ३.४२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३.७० प्रतिशत थियो।

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो।

खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २१ करोड १९ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ३० करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

बैंकले समीक्षा अवधिसम्म ३७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २७ करोड ९८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३२.२४ प्रतिशतले बढेको छ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ र कर्जा प्रवाह ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८.३५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म १७ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.४७ रुपैयाँ थियो। पीई रेसियो २२.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.६१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS