IME Life New

बंगलादेशमा राजमार्ग बिस्तारसँगै आन्तरिक उडान घाटामा, यति एयरले किन्यो दुईवटा एटिआर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वर्ष अघि पोखरामा भएको हवाई दुर्घटनापछि ओरालो लागेको व्यापारलाई पुनः गति दिनका लागि यति एयरलाइन्सले ब‌ंगलादेशमा उडान भरिरहेकाे दुई वटा जहाज भित्र्याउँदै छ। हाल पाँचमध्ये चारवटा विमानमार्फत् आन्तरिक गन्तव्यहरुमा उडान भरिरहेको यति एयरले बंगलादेशी विमान कम्पनि नोभो एयर लिमिटेडसँग दुई वटा एटिआर ७२ सिरिजका विमान खरिद गर्न लागेको हो ।

यति एयर लिमिटेडले हवाईजहाज किनबेच र बहाल सम्झौता सम्बन्धमा दलाली गर्दै आएको बेलायतको  एयरस्ट्रिम इन्टरनेशनलमार्फत् दुई वटा जहाज खरिद गरेको हो । श्रोतका अुनसार यति एयरलाइन्सले नोभो एयरको दुई वटा टर्बो प्रोब जहाज खरिद गरिएको हो। दुई मध्ये एउटा जहाज एक साताभित्रै र अर्को जहाज एक महिनाभित्र नेपाल आइपुग्ने जानकारी दिइएको छ।

Esewa
Crest
नोभोएयरको एटिआर विमान बिक्री व्यवस्थापनको जिम्मेवारी पाएको बेलायती कम्पनी एयरस्ट्रिमको आधिकारिक वेबसाइटमा प्रकाशित जानकारी

नोभो एयर प्रालिले एकवर्ष अघि नै आफूसँग भएका  एटीआर विमानमध्ये तीनवटा गर्ने घोषणा गरेकोमा पछिल्लो समयमा थप दुईवटा सहित पाँचवटा एटिआर विमान बिक्रीमा राखेको थियो । नोभो एयरले विमान नम्बर 636, 687, 597, 805 र 816 लाई तत्कालै बिक्री गर्ने घोषणा २०२३ को नोभेम्बर महिनामै गरेको थियो ।

सन् २०१३ देखि बंगलादेशको आकाशमा उडान शुरु गरेको नोभो एयरले सन् २०१७ सम्ममा एटिआर ७२ ५०० र ६०० सिरिजका समेत गरी कूल सातवटा एटिआर विमान खरिद गरेको थियो । यी सबै विमानहरु नोभो एयरले एयरस्ट्रिमको मध्यस्थतामा नै खरिद गरेको हो ।

राजमार्ग र एक्सप्रेस पुलले घट्यो हवाई उडानः

ब‌ंगलादेशमा निर्मित ठूला पुल, राजमार्ग र रेलमार्ग कनेक्टिभिटीले हवाई यात्रु घटेसँगै आन्तरिक उडान व्यापार घाटामा गएपछि नोभो एयरले धमाधम विमानहरु बिक्रीमा राख्न थालेको हो । बंगलादेशमा हालै ५ किलोमिटर लामो द्रूत मार्ग सहितको पदमा पुल सञ्चालनमा आएपछि यात्रा अवधिमा कटौतीसँगे हवाई यात्रु घटेका छन् ।

नोभो एयरले अन्तर्राष्ट्रिय उडान सेवाका तीनवटा एयरबस ए३२१ विमान ल्याउने प्रक्रियामा रहेको कम्पनीका प्रबन्धक निर्देशक मोफिजुर रहमानले हालै स्थानीय एक अनलाइनलाई अन्तरवार्ताका क्रममा जानकारी दिएका छन् । सञ्चालनमा आएको जम्मा ११ वर्ष पुरा गरेको यो बंगलाेदेशी विमान कम्पनीले सातवटा विमानमार्फत् बंगलादेशबाहेक भारतको कोलकात्ता विमानस्थलमा समेत उडान भर्दै आएको छ।

लामो दूरीको हवाई उडानका लागि प्रयोग गरिने विमानमध्ये कम्पनीले चाँडै नै दुईवटा A321 को डेलिभरी प्राप्त गर्नेछ। योसँगै एयरलाइन्सले सन् २०२४ को पहिलो त्रैमासमै अन्तर्राष्ट्रिय उडान सेवा शुरु गरि सक्नेछ। सन् २०२४ को अन्त्यसम्ममा  (तेस्रो) A321 विमान डेलिभरी पाइने अध्यक्ष रहमानलाई उद्घृत गर्दै बंगलादेशी आम सञ्चारले उल्लेख गरेका छन् । नोभो एयरले बैंकक मलेशिया क्वालालम्पुर र सिंगापुरमा उडान गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

47%
sad

दु :खी

3%
amazed

अचम्मित

31%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS