Connect IPS
IME Life

लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले निष्काशन गर्न लागेको आइपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । आज मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Prabhu
Crest

लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई २८,०५,७५० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले कुल २८ करोड पाँच लाख ७५ हजार रुपैयाँ निष्काशन गर्नेछ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS